पत्रकार दाहाल र विष्ट सम्मानित

हेटौँडा। नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ ।
पेट्रोलियम विक्रेता सङ्घको शनिबार हेटौँडामा भएको १४ औँ वार्षिक साधारण सभाका अवसरमा सघले पत्रकारद्वय विष्ट र दाहाललाई सम्मान गरेको हो ।
मकवानपुर जिल्लामा रहेर जिल्लाको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई राजन थापा स्मृति पत्रकारिता पुरस्कार र विष्टलाई बलराम दास स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले कार्यक्रममा पत्रकार दाहाल र विष्टलाई जनही ११ हजार १११ रुपियाँ राशिको पुरस्कारसहित सम्मान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.