मनहरी–३ मा गृहिणी महिलालाई स्वरोजगारसँग जोड्न चप्पल बनाउने मेसिन हस्तान्तरण

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–३ नम्बर वडा कार्यालयले गृहिणी महिलालाई स्वरोजगारसँग जोड्ने उद्देश्यले लामिटार शिबशक्ती टोल बिकास र साझा टोल विकास संस्थालाई  २ थान चप्पल बनाउने मेसिन तथा आवश्यक कच्चा सामग्री हस्तान्तरण गरेको छ।
बुधबार आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विनियोजित ५ लाख रुपैयाँ बजेटबाट दुई थान चप्पल बनाउने मेसिनसहित आवश्यक कच्चा सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले जानकारी दिए।
वडा अध्यक्ष अर्यालका अनुसार महिलालाई सीपमूलक रोजगारीतर्फ आकर्षित गर्दै आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो। उनले मेसिनको प्रभावकारी उपयोग गर्दै स्थानीय स्तरमै उत्पादन र स्वरोजगार सिर्जना गर्न आग्रह समेत गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.