हेटौँडा । जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ निवासी सिबी लामा भन्ने चन्द्रबहादुर तामाङ रहेका छन्। उनी कान्तिपुर सहकारी ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार तामाङको खोजतलासका क्रममा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले मंगलबार हेटौँडा – ९ बाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय भीमफेदी, मकवानपुर पठाइएको जनाएको छ।
प्रतिकृया दिनुहोस्








