मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको बैठक सम्पन्न

हेटौँडा । मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको बैठक मंगलबार हेटौँडामा सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असोज २७ गते आयोजित प्रदेशस्तरीय बैठकले मानव अधिकार संरक्षण तथा प्रवर्द्धन, मानव अधिकार रक्षकहरूको सुरक्षा र सञ्जालको संस्थागत सुदृढीकरणलगायत विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको छ।
सञ्जालका सचिव सरिता दाहालको अध्यक्षतामा बसेको बैठकले आशिष् दुलाल र रमेश तिमल्सिनालाई सञ्जालको सदस्यमा थप गर्ने निर्णय गरेको छ।
बैठकमा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, मानव अधिकार रक्षकहरूको सुरक्षा र सञ्जालको संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।
बैठकले मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाउने, पीडितलाई न्यायमा पहुँच पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गर्ने तथा मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मानव अधिकारसम्बन्धी सचेतना अभिवृद्धि, स्थानीय तहमा मानव अधिकारको अवस्था अध्ययन तथा अनुगमन र जोखिममा रहेका मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको थियो।

बैठकमा सञ्जालका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार र आमन्त्रित प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.