सिआनको वार्षिक साधारणसभा, मैत्रीपूर्ण फुटबल र पिकनिक कार्यक्रम हुँदै

हेटौँडा । सिआन पुनर्स्थापना केन्द्र हेटौँडाले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दसैँ शुभकामना आदानप्रदान तथा पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
केन्द्रका सञ्चालक सौजन डिसीका अनुसार कार्यक्रम असोज ३० गते शुक्रबार हेटौँडा–९ स्थित बाल उद्यान पार्कमा आयोजना हुनेछ । कार्यक्रममा मकवानपुर जिल्लामा सञ्चालित पुनर्स्थापना केन्द्रका पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीहरूको सहभागिता रहनेछ ।

कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दसैँको शुभकामना आदानप्रदान तथा पिकनिक कार्यक्रम सञ्चालन गरिनेछ भने दिउँसो १ बजेदेखि केन्द्रको १०औँ वार्षिक साधारणसभा आयोजना हुनेछ ।

पुनर्स्थापना केन्द्रहरूबीच आपसी सद्भाव, एकता, भाइचारा र सहकार्य अभिवृद्धि गर्नुका साथै खेलकुद तथा चाडपर्वको शुभकामना आदानप्रदानमार्फत आत्मीयता र सकारात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सञ्चालक डिसीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सम्बन्धित सबै पुनर्स्थापना केन्द्रका प्रतिनिधि तथा सरोकारवालालाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ ।
सियान पुनर्स्थापना केन्द्रले महिला/पुरुष लागूऔषध, मद्यपान तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिको पुनर्स्थापना र उपचारमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.