रानीसेरा–ढाप जोड्ने बेलीबृज निर्माण अन्तिम चरणमा, आवतजावत सहज हुने

मकवानपुरगढी गाउँपालिका–१ स्थित रानीसेरा र ढापलाई जोड्ने बेलीबृजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बुदुने खोलामाथि निर्माण भइरहेको यो पुलले वर्षभर स्थानीयलाई सहज आवतजावतको सुविधा दिने भएको छ।

गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिनका अनुसार यो पुल स्थानीयका लागि अत्यन्त महत्वपूर्ण पूर्वाधार हो। “बर्खामा खोला तर्न गाह्रो थियो, अब यो पुल बनेपछि सबैलाई सहज हुनेछ,” उनले भनिन्।
यो पुलले बर्सेनि खोला कटानका कारण पर्ने समस्यालाई समाधान गर्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले पुल बनेपछि उत्पादन बोक्ने, बजार जान र सेवा सुविधामा पहुँच पु-याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.