“हामी अपराधी होइनौं, खोला र वनका रक्षक हौं”
बोटे समुदायको आवाज, संकट र संघर्ष

राप्ती खोलाको छेउमा बस्ने जीतबहादुर बोटे आजकल दिनभर जाल बुन्छन्, तर माछा मार्न जान डराउँछन्। “१५ सय पर्ने जाल पनि खोसिन्छ, हामी रुँदै घर फर्किन्छौं,” उनी भन्छन्। खोला र जङ्गलमा आधारित जीवनशैलीलाई अपराध ठहर गर्दै राज्यले अब उनीहरूलाई अपराधी बनाएको महसुस गराउँदैछ।

बोटे समुदायको परम्परागत पेसा, माछा मार्ने, जङ्गलबाट निगुरो, कुरिलो संकलन गर्ने — संकटमा छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने राप्ती खोला र वन क्षेत्रमा पस्न प्रतिबन्ध लागेपछि उनीहरूको जीविका खोसिएको छ। माछा मार्नका लागि दिइएको अनुमतिपत्र (लाइसेन्स) दुई वर्षदेखि नवीकरण भएको छैन।

मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटे भन्छिन्, “हामी खोला र वनका रक्षक हौँ, सरकारले हाम्रो सीप र संस्कृतिलाई नबुझ्दा हामी रोजगारीविहीन भयौं।” सामुदायिक माछापोखरी पनि स्थानीय तहको सहयोग नपाएर बन्द भयो। वैकल्पिक पेसा खोज्दा पनि दिगो समाधान नआएको उनीहरूको अनुभव छ।

बोटे समुदायको संस्कृति पनि संकटमा छ। जन्म–मृत्युजस्ता संस्कार माछा बिना अधुरो हुन्छ। अब बालबालिकालाई आफूहरूले नै परम्परागत संस्कार सिकाउन थालेका छन्।

“हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ, सरकार,” भन्छिन् कान्छीमाया।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.