प्रदेशसभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त

हेटौंडा । बागमती प्रदेशसभा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीवार  श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् ।

प्रदेशसभा सचिवालय परिसरस्थित एमाले संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। एमाले संसदीय दलको विधान २०७७ को दफा १३ अनुसार श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ मकवानपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
यसअघि प्रमुख सचेतक रहेका मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएपछि पद रिक्त भएको थियो। रिक्त स्थानमा श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.