नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि अस्पताल बाहिर प्रदर्शन सुरु भएको छ।
आज बिहान व्यायाम गर्ने क्रममा अस्वस्थ भएका कैदी राहुल तुहारा उपचारका लागि प्रशासनमार्फत अस्पताल ल्याइएका थिए। अस्पतालले आवश्यक उपचार यहाँ सम्भव नभएको भन्दै अन्यत्र पठाउन सिफारिस गरेको तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाउँदा उपचार नहुँदै उनको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्।
प्रतिकृया दिनुहोस्







