लागुऔषध गाँजासहित एक जनाला पक्राउ

हेटौंडा ।  मकवानपुर प्रहरीले ७ किलो ४५० ग्राम लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चितवन राप्ती नगरपालिका–१२ तिरुवा बस्ने २७ वर्षीय रोहित चेपाङ हुन्।

पक्राउ परेका चेपाङलाई हेटौंडा–१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी साधनको नियमित जाँचका क्रममा पक्राउ गरिएको हो। प्रहरीका अनुसार, बुधबार रात नारायणगढबाट वीरगञ्जतर्फ जादैं गरेको ना ७ ख ६९१ नं.को यात्रु बाहक बसमा सवार चेपाङको झोलामा लुकाइ–छिपाइ गरिएको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो।

प्रहरीले चेपाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.