हेटौंडा । मकवानपुर प्रहरीले चाँदीको गरगहनासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
हेटौंडा -१० बसपार्कबाट १ लाख ५८ हजार ३३२ चाँदीसहित देश भारत मोतीहारी जिल्ला घर बताउने वर्ष ५२ को चाँदीलाल साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राती ९:३० बजेको समयमा विशेष सुचनाको आधारमा साहलाई शंका लागी खानतलासी गर्ने क्रममा उनले बोकेको झोला भित्र भन्सार छली गरी ल्याईएको चाँदीको धातुबाट बनेको गरगहनाहरु फेला परेको हो।
गरगहना आवश्यक परिक्षणको लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा आजको बजार मूल्य अनुसार रु. १,५८,३३२।- बाराबरको रहेको जानकारी दिइएको छ।
उक्त चाँदीको गरगहनासहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ।











