आधुनिक राष्ट्रिय माविको नवनिर्मित भवन उद्घाटन

 

मकवानपुर । हेटौंडा -४ मा अवस्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य माननीय दिपक बहादुर सिंह ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा हेटौंडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल , राप्रपा बागमती प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने,राप्रपा नगर अध्यक्ष अरुण लामा, विद्यालय व्यबस्थापन समिती , स्थानीय नेता, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

यस विद्यालय भवन शहरी विकास मन्त्रालयमार्फत आर्थिक वर्ष २०८१/८२ का लागि पूर्वाधार विकास समितिका सभापति सिंहज्यूको विशेष पहलमा रु. १ करोड बजेट विनियोजन गरी निर्माण गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति सिंहले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारलाई मजबुत बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे।
“गुणस्तरीय शिक्षा बिना समृद्धि सम्भव छैन। यस विद्यालय भवनले विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरणमा पढ्न मद्दत पुर्‍याउनेछ,” उनले भने। साथै उनले विद्यालयको थप शैक्षिक तथा पूर्वाधार विकासमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

समारोहमा हेटौंडा ४ का वडा अध्यक्ष ,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूले सांसद सिंहप्रति आभार प्रकट गर्दै भवन निर्माणले विद्यालयमा नयाँ ऊर्जा थपिएको बताए। सहभागीहरूले यस विद्यालय भवनले ग्रामीणस्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहज वातावरण तयार गरेकोमा खुसी व्यक्त गरे।

नवनिर्मित भवन प्रयोगमा आएपछि विद्यालयमा पठन–पाठन अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। विद्यार्थीहरूले अब सुरक्षित र आधुनिक कक्षाकोठामा अध्ययन गर्ने अवसर पाउनेछन् भने विद्यालय प्रशासनले पनि गुणस्तरीय शिक्षण–अधिगम वातावरण निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.