मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर, १३८ जनाको परिक्षण 

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले आयोजनामा मानव सेवा आश्रममा  निःशुल्क स्वास्थ्य शिविर भएको छ।  शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहभागितामा आश्रममा आश्रित १३८ जना को स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य सेवा नागरिकको घरदैलोमा पुर्याउने बताउनुभयो। उहाँले निःशुल्क स्वास्थ्य शिविरले आश्रममा आश्रीतहरुको स्वास्थ्य जाचले सहयोग पुगेको भन्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताउनुभयो। कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, अस्पतालका नि.निर्देशक डा. रामचन्द्र सापकोटा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरका अध्यक्ष उत्सब चौलागाईं, हेटौंडा नगर अध्यक्ष कुसुम श्रेष्ठलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शिविरमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, ल्याब प्राविधिक तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ मकवानपुरको  स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए।
१३८ जना बिरामीमध्ये ९९ वटा जनरल मेडिसिन सेवा, १५ वटा स्त्रीरोग तथा प्रसूति सेवा र २९ वटा हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा लिएका थिए। बिरामीहरूको अवस्था अनुसार डाक्टरको प्रेस्क्रिप्सनअनुसार रगत परीक्षण, भिडियो एक्सरे, सिटी स्क्यान लगायतका विभिन्न थप परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ । आवश्यकता अनुसार बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको अस्पतालले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.