मकवानपुरका यि स्थानमा कर्फ्यू आदेश जारी

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका भित्रको निश्चित क्षेत्रका लागि आज दिउँसो १:०० बजेदेखि राती १२:०० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेश अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम निम्न सीमा भित्रको क्षेत्रमा कर्फ्यू लागु गरिएको हो। कर्फ्यू अवधिभर उक्त क्षेत्रमा कुनै पनि प्रकारको आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पूर्णतः निषेध गरिएको छ।

कर्फ्यू लागु गरिएका सीमा यसप्रकार छन्:
पूर्व: सानोपोखरा पुलसम्म
पश्चिम: राप्ती पुलसम्म
उत्तर: चौकीटोलस्थित अस्थायी प्रहरी पोष्टसम्म
दक्षिण: वन विज्ञान अध्ययन संस्थानको गेटसम्म

प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्न अनुरोध गर्दै शान्ति-सुरक्षाको लागि सहयोग गर्न आग्रह गरेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.