बालबालिकाका लागि ‘बाल महाभारत’ सार्वजनिक

हेटौंडा । साहित्यकार छवि अनित्यको चौथो कृतिस्वरूप ‘बाल महाभारत’ पुस्तक सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’ जस्ता एनिमे पात्रहरूमा आकर्षित हुँदै गएका वर्तमान पुस्तालाई पूर्वीय साहित्यको महानतम ग्रन्थ महाभारतका पौराणिक पात्रहरूसँग परिचित गराउने उद्देश्यले यो पुस्तक तयार गरिएको हो।

पुस्तक विशेष गरी कक्षा ६ देखि माथिका बालबालिकाहरूलाई लक्षित गरी लेखिएको छ। सरल र आकर्षक भाषाशैलीमा तयार गरिएको यस कृतिमा महाभारतका १८ वटै पर्वका मूल कथाहरूलाई संक्षेपमा प्रस्तुत गरिएको छ। पुस्तकमा समावेश चित्रकार रवि मिश्रद्वारा कोरिएका आकर्षक चित्रहरूले बालबालिकालाई कथासँग अझ नजिक बनाउने अपेक्षा गरिएको छ।

लेखक अनित्यका अनुसार चाडपर्वको फुर्सदिलो समयमा यस पुस्तकको अध्ययनले बालबालिकालाई पौराणिक ज्ञान र संस्कृतिप्रति रुचि बढाउन सहयोग गर्ने विश्वास लिइएको छ।

कलम प्रकाशन, काठमाडौंले प्रकाशित गरेको यो पुस्तक २९८ रुपैयाँमा बजारमा उपलब्ध छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.