मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
चितवनबाट हेटौंडातर्फ आइरहेको ना ८ ख १२५६ नम्बरको ट्रकले शुक्रबार करिब ४ बजे पैदल हिँडिरहेकी ८४ वर्षीया इन्द्रकुमारी स्याङतानलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गम्भीर घाइते भएकी स्याङतानलाई प्रहरीको सहयोगमा उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा साँझ करिब ५:०६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक धनुषा, मिथिला नगरपालिका–६ का २५ वर्षीय संजित कुमार महतो लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय मनहरीबाट ५०० मिटर पुर्व पर्छ।
प्रतिकृया दिनुहोस्










