मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक अटो चालकलाई पक्राउ गरेको छ।
बिहीवार बिहान करिब ११:३० बजे राप्तिरोडबाट थानाभर्याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह ०१२६ नम्बरको अटोलाई शंका लागेपछि प्रहरी टोलीले पछ्याउँदै हेटौंडा–१ स्थित तरकारी बजार क्षेत्रमा रोकेर जाँच गरेको थियो।
प्रहरीका अनुसार जाँचपछि उक्त अटोभित्र लुकाइ–छिपाइ राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको हो।
सोही घटनामा हेटौंडा–१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्










