बालविवाह अन्त्यका लागि काम गर्ने जिएनवि नेपालको अध्यक्षमा प्रकाश खतिवडा

हेटौंडा । नेपालमा बालविवाह, कम उमेरमै हुने विवाह र जबरजस्ती विवाह रोक्न काम गर्दै आएका ३४ वटा संस्थाहरूको राष्ट्रिय सञ्जाल बालिका दुलही होइनन् (Girls Not Brides – GNB) नेपाल ले नयाँ नेतृत्व चयन गरेको छ। हालै सम्पन्न अधिवेशनबाट प्रकाश खतिवडा (बाल कल्याण समाज, मकवानपुर) अध्यक्षमा चयन हुनुभएको छ।
उपाध्यक्षमा सुलोचना खनाल (ओरेक, काठमाडौं),महासचिवमा सबिना भण्डारी (लू निभा बाल सरोकार समूह, ललितपुर),सचिवमा चेतन गिरी (आवाज, सुर्खेत) र कोषाध्यक्षमा कृष्ण कुमार द्विवेदी (KIDS, कपिलवस्तु) चयन हुनुभएको छ।यसैगरी कार्यकारी सदस्यहरूमा देशका विभिन्न जिल्लाबाट ७ जना प्रतिनिधिहरू चयन भएका छन्।

अध्यक्षमा चयन भएपछि प्रकाश खतिवडाले सबै सदस्य संस्थाप्रति धन्यवाद व्यक्त गर्दै बालविवाह अन्त्यका लागि अझ मजबुत रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले यो पदलाई सम्मान मात्र नभई ठूलो जिम्मेवारीका रूपमा लिएको बताए।

उनका अनुसार GNB नेपालले अब संघ, प्रदेश र स्थानीय सरकार, समुदाय, किशोरी र युवासँग मिलेर काम गर्नेछ। साथै अन्तर्राष्ट्रिय सञ्जाल GNB ग्लोबलसँग सहकार्य अझ बलियो बनाइनेछ। “बालिका दुलही होइनन्” भन्ने सन्देशलाई व्यवहारमै उतार्ने उनले बताए।

निर्वाचन प्रक्रिया अधिवक्ता नवराज ढकालको नेतृत्वमा निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको थियो।

GNB नेपालले बालविवाह अन्त्य शिक्षा, स्वास्थ्य, गरिबी, लैङ्गिक समानता र सामाजिक सोचसँग जोडिएको विषय भएकाले सबै क्षेत्र मिलेर काम गर्नुपर्ने जनाएको छ। संस्थाले कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक परिवर्तनका लागि निरन्तर वकालत गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.