अवैध रूपमा ल्याइएका ७ गोरु सहित ट्रक चालक र सहचालक नियन्त्रणमा

 

मकवानपुर ।अवैध रूपमा ल्याइएका ७ वटा चौपाय (गोरु) सहित एक मिनी आइचर ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब १:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी तथा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी चेकपोष्ट अगाडि पूर्व–पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १२२० नम्बरको मिनी आइचर ट्रक रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा आवश्यक कागजपत्र बिना अवैध रूपमा ल्याइएका ७ वटा गोरु फेला परेपछि ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका–७ निवासी ४२ वर्षीय खडक बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका गोरु, ट्रक तथा दुवै व्यक्तिलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.