हेटाैँडा । निर्वाचन नजिकिदैँ जाँदा नेकपा एमालेले मतदाता भेटघाटलाई तिब्र बनाएकाेे छ । नेकपा एमालेका नेता कार्यकर्ताहरू मतदाता बीचमा पुगि पार्टीप्रति विपक्षीले फैलाएकाे भ्रमलाई चिर्न र आफ्नाे पार्टीका उम्मेद्वारकाे पक्षमा मत सृजना गर्न लागि परेका छन् ।
हेटाैँडा-४ नं. वडाका विभिन्न टाेलहरूमा मतदाताहरूकाे बाक्लाे उपस्थितिमा पार्टीकाे चुनावी एजेण्डाहरूबारे जनतालाई प्रष्ट पार्दैछन् । यसैक्रममा हेटाैँडा ४ नं. वडाकाे विभिन्न टाेलमा मतदाताहरू भेटघाटकाे क्रममा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले मुलुकमा राष्ट्रिय स्वाधिनता, संविधानकाे रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्विकाे लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारकाे नेतृत्व एमालेले गरिरहँदा सडक, खानेपानी, विधुतीकरण, विध्यालय र स्वास्थ्य चाैकीकाे स्तरउन्नतिले तिब्रता पाएकाे भन्दै कृषि र पर्यटनकाे विकासकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए।
त्यस्तै, प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले आज गाउँ र टाेलटाेलसम्म विकासकाे लहर आउनु र स्थानीय तहमा बजेटकाे ठुलाे हिस्सा विनियाेजन गर्ने, सामाजिक सुरक्षा मार्फत बृद्वबृद्वा, अपाङ्गता, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता महत्वपूर्ण कार्यहरू एमाले कै नितिकाे कारण भएकाे बताए । उनले नेकपा एमालेकाे सरकारले गरेकाे कामकाे मूल्याँकन गरेर मतदाताहरूले सूर्य चिन्हमा मतदान गर्ने विश्वास गरे । एमालेले जनप्रिय कार्य गरि लाेकप्रिय भएकाले पार्टीमाथी विभिन्न प्रहार भईरहेकाले जनताले न्यायपूर्ण मतदान गरि फागुन २१ गतेपछि एमालेकाे बहुमतसहितकाे सरकार बन्ने दावी गरे।
कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।










