मकवानपुरमा ४ सय ३८ किलो ४३ ग्राम गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तान र सोही स्थानका १९ वर्षीय अनिल थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब १२ः३० बजे प्रहरी चौकी भैसेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा भीमफेदी गाउँपालिका–२ चुनिया स्थित त्रिभुवन राजपथ नजिक भित्री सडक खण्डमा शंका लागी लु.१ च.२१५२ नम्बरको बोलेरो गाडी र बा.प्र.०३–००५ प.४५७६ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा बोलेरो गाडीको पछाडिको ढालाभित्र लुकाई–छिपाई राखिएको अवस्थामा ४३८ किलो ४३ ग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा र दुवै सवारी साधन बरामद गरी चालकद्वयलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.