गजल मञ्च मकवानपुरको २३४औँ “गजल यात्रा” कार्यक्रम सम्पन्न

मकवानपुर । गजल मञ्च मकवानपुरको २३४औँ “गजल यात्रा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षता थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै महाकाव्यकार मुना अर्याल, मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार देवराज तिवारी, निवर्तमान अध्यक्ष केशव समर्पण, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि. बी. बर्तौला, जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना लगायत विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरू र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमअन्तर्गत नियमित गजल वाचनमा साहित्यकारहरू नवीन दर्लामी, सागर तिमल्सिना, डि. बी. बर्तौला, देवराज तिवारी, केशव समर्पण लगायतले मन्तव्यसहित गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।

गजल वाचनसँगै मञ्चका उपाध्यक्ष हरि पौड्याल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मञ्चका सचिव कमल नेपालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.