मकवानपुरमा ठूलो परिणाममा लागूऔषध गाँजा र खैरो हेरोइन सहित १० जना पक्राउ

हेटौडा — मकवानपुर जिल्लामा प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूला परिमाणमा गाँजा र खैरो  हेरोइन सहित १० जनालाई पक्राउ गरेको छ।

२६ किलो १० ग्राम गाँजासहित ३ जना पक्राउ

२०८२ साल भदौ १५ गते बिहान ४:५० बजे, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रहरी चौकी बसामाडी लेवटको संयुक्त टोलीले हेटौडा उपमहानगरपालिका–०३ स्थित बसामाडी चौकी अगाडि पूर्व–पश्चिम लोकमार्गमा चेकजाँचको क्रममा बा.प्र.०६–००१ ज ०५०३ नम्बरको यात्रुबाहक EV गाडीबाट यात्रा गरिरहेका तीन जनालाई पक्राउ गरेको हो।
गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–०१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र बुद्धिलाल मोक्तानको साथबाट २६ किलो १० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

११२ किलो ७९० ग्राम गाँजासहित थप ३ जना पक्राउ

यसै दिन बिहान ४:१५ बजे, सोही स्थानमा अर्काे EV गाडी (बा.प्र.०१–००२ ज ६५४९) लाई चेकजाँच गर्दा लुकाईछिपाई ल्याइरहेको अवस्थामा ११२ किलो ७९० ग्राम गाँजा फेला परेको थियो।
गाडीका चालक काभ्रे पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ गाउँपालिका–८ का २२ वर्षीय सागर तामाङ पक्राउ परेका हुन्। प्रहरीले गाडीसहित लागूऔषध गाँजा बरामद गरी उनीहरूलाई पनि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।

खैरो हेरोइनसहित ४ जना पक्राउ

यसअघि, भदौ १३ गते दिउँसो २:१५ बजे, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित कबि कार्कीको कोठामा विशेष सूचनाका आधारमा छापा मारिएको थियो।
कोठामा शंकास्पद रूपमा बसेका मकवानपुरका वर्ष ३८ को  कबि कार्की , वर्ष २६ को उमेश लामा, वर्ष ३३को सुरेश घलान, र वर्ष २९ को  सुनिल न्यौपानेको साथबाट १ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
निजहरूलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान जारी छ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रणका लागि विशेष निगरानी, सूचना संकलन र संयुक्त अपरेसनहरूलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.