मकवानपुर । बकैया गाउँपालिका–५ गरगरेमा रहेको लिलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ७:४५ बजे सुरु भएको आगो हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाका दमकल, प्रहरी र स्थानीयको सहयोगमा ९:४५ बजे नियन्त्रणमा लिइएको हो। आगलागीमा दुई तल्ले घर, नगद १५ लाख, ३० ग्यास सिलिन्डर, दुई मोटरसाइकलसहित पसलका सबै सामान जलेर नष्ट भएका छन्।
आगो निभाउने क्रममा पसल सञ्चालक ४५ वर्षीय जिम्बा गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार दियो नजिकै पेट्रोल हाल्ने क्रममा आगो सल्किएको जनाइएको छ।
प्रतिकृया दिनुहोस्










