मकवानपुर । हेटौंडा –१५ स्थित कमेरो पानीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार,हेटौंडा–१६ सानो आकाशधारा घर भई हाल जिल्ला बारा, निजगढ नगरपालिका–१३ बसोबास गर्दै आएका ३७ वर्षीय बुद्ध बहादुर प्रजा किराना पसलतर्फ जाँदै गर्दा चट्याङको चपेटामा परेका थिए।
उनी धनबहादुर स्याङतानले संचालन गर्दै आएको किराना पसल अगाडि पुग्दा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको जानकारी दिइएको छ।
प्रतिकृया दिनुहोस्










