सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरिएको छ ।

केहीबेरअघि प्रदर्शनकारीहरूको एक समूह मन्त्री गुरुङको निवासमा पुगेको थियो । सुरुमा ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूले पछि आक्रोशित हुँदै घरमा आगजनी गरेका हुन् ।

घटनाबारे एक सुरक्षा अधिकृतले पुष्टि गर्दै भने, “प्रदर्शनकारीहरूले नियन्त्रणबाहिर गएर आगजनी गरेका हुन्।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.