हेटौंडा। मकवानपुरको बिकट राक्सिराङमा २२ वर्षकी ५१ दिनकी सुत्केरी बलात्कृत भएकी छन् । बिहीबार राति करिब ११ बजे पालिका–१ स्थित राम्चेका ४१ वर्षीय अन्तरे थिङले बलात्कार गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी परेको छ । राति ११ बजे पतिपत्नीमात्र भएको अवस्थामा घरमा गएर अश्लील शब्द प्रयोग गरी कुटपिट गर्नुका साथै पतिलाई डोरीले बाँधि पत्नीलाई बलात्कार गरी धम्कीसमेत दिइएको थियो ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धि कसुरअनुसार कारबाही गरी हदैसम्मको सजाय गरी सोही ऐनको दफा २२८ अनुसार क्षतिपूर्ति दिलाइपाउन उजुरी दिइएको छ । पीडित महिला माइती नेपालको संरक्षणमा छिन् । मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार पीडितको उजुरी लिएर पीडक जन्तरेको खोजी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्










