लामो दूरी र काठमाडौंका सवारी साधनमा रोक

हेटौंडा । देशका विभिन्न भागमा भारी वर्षा र सम्भावित बाढी/पहिरोका कारण दसैँ अवधिभर लामो दूरी तथा काठमाडौं उपत्यका भित्रिने/निस्कने सार्वजनिक सवारी साधनहरु असोज १८, १९ र २० गते अस्थायी रूपमा बन्द गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार अत्यन्त जरुरी सूचना जारी गर्दै पश्चिम र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानहरूमा भारी वर्षाको भइरहेकोले सावधानी अपनाउन आग्रह गरेको छ।

सवारी साधन बन्दको निर्णय जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा लिइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.