मकवानपुरको करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएको  अवैध गाँजा खेती नष्ट

मकवानपुर । मकवानपुर प्रहरीद्वारा अवैध रूपमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरिएको छ।

प्रहरीका अनुसार कार्तिक १७ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण, हेटौंडाबाट संयुक्त रूपमा खटिएको १०२ जनाको टोलीले मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिका अन्तर्गत सातकन्या, खैरेनी, लागु, जोईटी र भिमफेदी गाउँपालिका अन्तर्गत भदौरे, ज्यार्बु लगायतका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको गाँजाको खेती फडानी गरेको हो।

प्रहरीले ती क्षेत्रहरूमा गरी करिब ३० बिगाहा १० कठ्ठा जमिनमा रहेको गाँजाका बोट तथा बेर्नाहरू नष्ट गरिएको जानकारी दिएको छ।

प्रहरीले अवैध गाँजा खेती नियन्त्रण तथा लागूऔषध सम्बन्धी अपराध रोकथामका लागि यस्ता अभियान निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.