टाउकोबिना भेटियो चौकीदारको शव

हेटौंडा । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।

ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।

महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउकोबिनाको अवस्थामा भेटिएको हो ।

स्थानीयका अनुसार, आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।

दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र मोबाइल फोन ‘स्वीच अफ’ भएएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए ।

खोजतलासका क्रममा जंगलभित्र टाउको अलग भएको अवस्थामा अवस्थामा महतोको शव फेला परेको डीएसपी राईले बताए ।

‘टाउको अझै भेटिएको छैन । टाउकोको खोजी कार्य भइरहेको छ । घटनास्थलमा शवको मुचुल्का भइरहेको छ,’ डीएसपी राईले अनलाइनखबरसँग भने ।

घटनास्थलमा साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.