मनहरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षका सुर्य बहादुर मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको (हाडवेयर सामान लोड गरिएको) ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर १ बजेर २० मिनेटमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइते मोटरसाइकल चालक मोक्तानलाई उपचारका लागि मनहरी अस्पताल पठाएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई एलाईभ अस्पताल भरतपुर, चितवन रिफर गरिएको थियो।

घाइते मोक्तानको खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। थप उपचारका लागि उनलाई २ बजेर २५ मिनेटमा पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा २ बजेर ३५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक हेटौंडा–११ थानाभर्याङ निवासी ५४ वर्षका बुद्धि बहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.