हेटौंडा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट बुद्ध लामालाई र निर्वाचन क्षेत्र नम्बर २ बाट डिना उपाध्यायलाई उम्मेदवार बनाएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा बुद्ध लामाको उम्मेदवारी दर्ताका क्रममा ईश्वर पाठक प्रस्तावक र रन्जन कालाखेती समर्थक रहेका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा डिना उपाध्यायको उम्मेदवारी दर्ता हुँदा दामोदर खनाल प्रस्तावक र इन्द्रबहादुर बानियाँ समर्थकको भूमिकामा रहेका थिए।
कांग्रेसले दुवै क्षेत्रमा संगठन मजबुत रहेको दाबी गर्दै निर्वाचनमा उत्साहजनक नतिजा आउने अपेक्षा व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस्










