हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वडा प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी भैँसेबाट खटिएको संयुक्त प्रहरी टोलीले कुटपिट घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङको घरमा खानतलासी गरेको थियो।
सोही क्रममा घरभित्र खाटमुनि बोरामा लुकाएर राखिएको अवस्थामा चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बरामद बन्दुकसहित थिङलाई जिल्ला जिल्ला प्रहरी कार्यालय ल्याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्









