हेटौंडामा हैजा र झाडापखालाको जोखिम: खानेपानी बोर्डद्वारा सतर्कता अपनाउन आग्रह

हेटौंडा । हाल देशभर विभिन्न स्थानमा झाडापखाला तथा हैजा फैलिएको सन्दर्भमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै, नजिकका जिल्लाहरूमा तीव्र रुपमा फैलिरहेको हैजा तथा झाडापखालाको संक्रमण हेटौंडा क्षेत्रमा समेत फैलिन सक्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो।

बोर्डका निर्देशक विष्णु प्रसाद सापकोटाद्वारा सूचनामा उल्लेख अनुसार, बोर्डले पिउने पानी उमालेर मात्र सेवन गर्न, घर तथा वरिपरिका खानेपानी स्रोत सफा राख्न, काँचो खानेकुरा राम्रोसँग धोएर वा पकाएर मात्र खाने, र पानी परीक्षण गराउन आग्रह गरेको छ।

त्यस्तै, यदि खानेपानी पाइपलाइनमा लिकेज वा फुटेको अवस्था देखिएमा तुरुन्तै बोर्डलाई जानकारी दिन पनि अनुरोध गरिएको छ। हालैका दिनमा मकवानपुर जिल्ला तथा अन्य स्थानहरूमा हैजा र झाडापखालाका बिरामीहरू फेला परिरहेका छन्।

बोर्डले सबै नागरिकलाई सजग रहन, स्वच्छता अपनाउन र सुरक्षित खानेपानी मात्र प्रयोग गर्न पुनः अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.