हेल्मेट बिना इन्धन नदिने व्यवस्था गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

 

हेटौंडा ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेल्मेट नलगाई इन्धन लिन आउने सवारी चालकलाई पेट्रोल नदिन निर्देशन दिएका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री बानियाँको स्वकीय सचिवालयका अनुसार, प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको हो। उनले सवारी चालकको मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण गर्ने, दुई पांग्रे सवारी चालकलाई हेल्मेट अनिवार्य गराउने, र हेल्मेट बिना इन्धन नदिने व्यवस्था गर्न आग्रह गरेका हुन्।

साथै, पेट्रोल पम्पहरूमा “हेल्मेट बिना इन्धन नपाइने” भन्ने सचेतनामूलक बोर्ड अनिवार्यरूपमा राख्न समेत निर्देशन दिइएको छ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव भूपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रकुमार भारती, प्रहरी नायब महानिरीक्षक अरुण पौडेल लगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.