हेटौँडामा सुपथ मूल्य बजार सञ्चालन, चाडपर्वमा उपभोक्तालाई राहत

हेटौंडा। चाडपर्वको अवसर पारेर उपभोक्तालाई दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले हेटौँडामा सुपथ मूल्य बजार सञ्चालनमा ल्याइएको छ।

मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापन र मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजनमा सञ्चालित उक्त बजारको उद्घाटन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरेकी हुन् ।

पल्पसा सभा गृहमा सञ्चालनमा आएको यो बजार असोज ११ गतेसम्म जारी रहनेछ। बजारमा उपभोक्ताले तोरीको तेल, चिनी, पिठो लगायतका अत्यावश्यक खाद्यान्न र दैनिक प्रयोगका सामग्रीहरू होलसेल मूल्यमा खरिद गर्न सक्नेछन्।

करीब १५ वटा स्टलहरूमा सुपथ मूल्यमा वस्तुहरू बिक्रीमा राखिएका छन्।

उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले, “चाडपर्वको समयमा बढ्ने मूल्यलाई नियन्त्रण गर्न सुपथ मूल्य बजारले महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” भन्ने विश्वास व्यक्त गरिन। उनले पारदर्शिता कायम गर्नका लागि स्टलहरूमा मूल्य सूची स्पष्ट रूपमा राख्न आग्रह गरिन।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, संघका पूर्व अध्यक्ष, बोर्ड सदस्यहरू, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.