मुख्यमन्त्री निवास र कार्यालयको खर्च ५०% घटाउने मुख्यमन्त्री बानियाँको घोषणा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधाको खर्च ५० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन्। उनले बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै विगतका मुख्यमन्त्रीहरूले गर्दै आएको खर्चमा ५० प्रतिशत कटौती गर्ने बताएका हुन्। यस निर्णयसँगै, उनले सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेही सरकारको काम गर्ने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकमा निर्णय गर्दै, मुख्यमन्त्रीको सुविधा बापतको रकमले निर्वाचन क्षेत्रका गरिब र विपन्न नागरिकहरूको घर निर्माणमा खर्च गरिने बताए। विशेष गरी, मकवानपुर क्षेत्र नम्बर २ (ख)का विपन्न नागरिकको घर निर्माणको काम आगामी दशैँअगाडि पूरा गर्ने योजना बनाइएको छ।

यस्तै, मुख्यमन्त्री बानियाँले आगामी क्याबिनेट बैठकमा गरिब र सीमान्तकृत जातजातिहरूलाई लक्षित छात्रवृत्ति वितरण गर्ने निर्णय पनि गरिएको बताएका छन्। यसले शिक्षा प्राप्त गर्न संघर्षरत जातजाति, वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीजस्ता समुदायलाई मद्दत गर्नेछ।

मुख्यमन्त्रीले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजना पनि अघि सारेका छन्। त्यसका साथै, सरकार नागरिक प्रति उत्तरदायी, पारदर्शी र जवाफदेही बन्ने दाबी समेत गरे।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.