इजरायलमा मारिएका विपिन जोशीको शवलाई नेपाल ल्याउने तयारी

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शवको प्रारम्भिक परीक्षण सम्पन्न भएको छ। काठमाडौँस्थित परराष्ट्र मन्त्रालयका अनुसार, जोशीको शवबाट संकलित नमुनाको डीएनए परीक्षण गरिएको र त्यसको औपचारिक पुष्टि प्रक्रिया पूरा हुँदैछ।

तेल अविभस्थित नेपाली दूतावासको सहकार्यमा इजरायली अधिकारीहरूसँग समन्वय गरी जोशीको शवलाई चाँडै नेपाल ल्याउने तयारी सुरु भइसकेको मन्त्रालयले जनाएको छ।मङ्गलवार साँझ जारी विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले विपिन जोशीको मृत्युका सम्बन्धमा “सत्यतथ्य पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिलाउन सक्दो प्रयास गरिने” प्रतिबद्धता जनाएको छ।गत सोमबार हमासले चार जनाको शव इजरायली पक्षलाई फिर्ता गरेको थियो, जसमा नेपाली विद्यार्थी विपिन जोशीको शवसमेत रहेको इजरायली सेनाले पुष्टि गरेको हो।आईडीएफ (इजरायली डिफेन्स फोर्स) ले गाजा युद्धको सुरुवाती चरणमै विपिन जोशी बन्धक अवस्थामा नै मारिएको हुन सक्ने आशंका प्रकट गरेको थियो।

बिपिन जोशीको मृत्युले पुनः इजरायलमा रहेका नेपाली विद्यार्थी र कामदारहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा भएको छ। नेपाल सरकारले यस घटनापछि विदेशस्थित नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग आवश्यक संवाद र समन्वय तीव्र बनाउने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.