मकवानपुरमा खैरो हिरोइनसहित चार युवा पक्राउ

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पुल नजिक प्रहरीले चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

 मंगलबार साँझ करिब ७ बजेतिर विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये बाराको जितपुरसिमरा–१६ घर भई हाल हेटौँडा–१९ सान्नानटार बस्दै आएका २६ वर्षीय अनिल सिंतान, मनहरी–५ बसन्तपुरका २३ वर्षीय संजित आले, बसन्तपुर स्थायी घर भई मनहरी–३ लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरी–५ का ३० वर्षीय सुरेश स्याङतान रहेका छन्।

उनीहरूको साथबाट २९२ मिलिग्राम खैरो हिरोइन (धुलो) र बा ८९ प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएर थप अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.