लागुऔषध गाँजासहित बोलेरो पिकअप बरामद, चालक फरार

मकवानपुर । मकवानपुरकोभिमफेदी गाउँपालिका अन्तर्गत कालिटार–नामटार क्षेत्रबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा ओसारपसार भइरहेको  सूचनाका आधारमा प्रहरीले ४७० किलो गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले निगरानीका क्रममा बिहिवार बिहान करिब १ बजे नामटारतर्फबाट भैसेतर्फ आउँदै गरेको बा १७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीलाई रोक्न संकेत गरेको थियो। शंका लागेर रोक्न खोज्दा गाडी नरोकी तीव्र गतिमा भागेपछि प्रहरी टोलीले पछ्याएको बताइएको छ।

पिच्छा गर्दै जाँदा भिमफेदी–३, पान्द्राङस्थित ढुङ्गा खानी जाने भित्री बाटोमा गाडी लक गरिएको अवस्थामा फेला परेको थियो। तर गाडी चालक भने घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ।

चेकजाँच गर्दा गाडीको पछाडिको ढालामा राखिएका १७ वटा बोरा भित्र रातो प्लास्टिकमा बाँधिएको अवस्थामा ५० वटा पोकामा विभाजित कुल ४७० किलो गाँजा बरामद गरिएको प्रहरीले पुष्टि गरेको छ।

गाँजा तथा बा १७ च ४२ नम्बरको बोलेरो पिकअपलाई नियन्त्रणमा लिएर लागूऔषध कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। फरार चालक, सवारीधनी तथा उक्त कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.