सिआनमा  १५ दिने कफी बनाउने तालिम सुरु

हेटौंडा । हेटौंडा–९, लामसुरेहाइटस्थित सिआन पुरुष पुनर्स्थापना केन्द्रमा १५ दिने कफी बनाउने तालिम आज बिहीबारदेखि सुरु भएको छ। सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेश र उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

केन्द्रमा उपचाररत २० जना युवालाई लक्षित गरी ९० घण्टाको कफी बनाउने (बारिस्ता) तालिम सञ्चालन गरिएको छ। तालिमका प्रमुख प्रशिक्षक सरोज बर्तौला र सहायक प्रशिक्षक नकुल श्रेष्ठ रहेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि उद्योग तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले दुर्व्यसन एक रोग भएको र उपचारपछि समाजमा पुनर्स्थापना सम्भव हुने बताउँदै तालिमले सहभागीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्। उनले सीपमूलक तालिमले आत्मनिर्भर र व्यवसायी बन्न प्रेरणा दिने उल्लेख गर्दै सरकारले यही उद्देश्यले लगानी गरेको बताइन्। साथै, उद्योग वाणिज्य कार्यालयले तालिमपछि उद्योग स्थापना गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

सिआनका कार्यकारी निर्देशक सौजन डिसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईं, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख राम भुसाल, लघुउद्यमी सचिव मेनका श्रेष्ठ, सिआनका सल्लाहकार महेश्वरमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

तालिमले उपचारपश्चात् समाजमा पुनर्स्थापित भई आत्मनिर्भर जीवनयापनतर्फ अघि बढ्न सहभागीहरूलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको निर्देशक डिसीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.