काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ। रातभर चलेको छलफलपछि आज बिहान दुवै पक्ष सहमतिमा पुगेका हुन् ।
सहमतिको प्रमुख बुँदाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहनेछ। यद्यपि, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्वका लागि बालेन्द्र शाहलाई अघि सार्ने सहमति भएको उल्लेख गरिएको छ।
सहमति पत्रको चौथो बुँदामा स्पष्ट रूपमा भनिएको छ कि रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनुहुने छ भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई स्वीकार गरिनेछ।
आज बिहान सम्पन्न सहमतिपत्रमा पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।










