मकवानपुरमा  ८५ चौपाय, ६ सवारी साधन र १० जना व्यक्ति प्रहरी  नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन महिनाको अन्तरालमा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाय (गाई–गोरु) सहित ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार जेन्जी आन्दोलनपछि पछिल्लो तीन महिनाको अवधिमा यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ओसारपसार गरिएका चौपायसहित सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २०८२ साल असोज ३० गते ७ वटा चौपाय, १ वटा सवारी साधन र ३ जना व्यक्ति नियन्त्रणमा लिइएको थियो। त्यसैगरी कात्तिक १३ गते २५ वटा चौपायसहित १ सवारी साधन र १ जना व्यक्ति, कात्तिक १९ गते २२ वटा चौपायसहित १ सवारी साधन र ३ जना व्यक्ति नियन्त्रणमा परेका थिए। यस्तै मंसिर १३ गते ५ वटा चौपायसहित १ सवारी साधन र १ जना, मंसिर १४ गते ५ वटा चौपायसहित १ सवारी साधन र १ जना तथा मंसिर १७ गते २१ वटा चौपायसहित १ सवारी साधन र १ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चौपाय, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय हेटौडा, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उल्लेखित ६ वटा कारबाहीमध्ये ३ वटा घटनामा मुद्दा दर्ता गरिएको छ भने बाँकी घटनामा जरिवाना स्वरूप कारबाही गरिएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.