भिमफेदीमा टुचन मेसिन ब्रेक फेल हुँदा एकको मृत्यु, एक घाइते

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत १ नम्बर पुलमा मंगलबार साँझ करिब ६ बजे टुचन (खन्ने मेसिन) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुलको खाडल खन्ने काम सकेर खाल्डोबाट टुचनमा चढी माथि आउँदै गर्दा मेसिनको ब्रेक अचानक फेल भई करिब २१ मिटर तल खसेको थियो।

दुर्घटनामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही क्रममा खाडलभित्र रहेका पाँचपोखरी थाङपाल–६ निवासी ३७ वर्षीय जुल्फे तामाङमाथि माथिबाट खसेको टुचन लाग्दा ढाडमा चोट लागेको छ। उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.