२०८२ साल फागुन १८ गते सोमवारका दिन पहाडी जिल्लाहरूमा फागु पूर्णिमा (होली) र पूर्णिमा व्रत परेको छ।
यो वसन्त ऋतुको आगमनसँगै मनाइने रङहरूको चाड होजहाँ वसन्तपुरमा चीर ठड्याएर सुरु भएको होली पर्वको रमाइलो र शुभकामना आदानप्रदान गरिन्छ।
काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ
उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।
त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।
भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।










