हेटौंडामा नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, त्रिवेणीचोकस्थित एक कोठाबाट नक्कली सुन देखाएर ठगी गर्ने गिरोहमा संलग्न चार जना पक्राउ परेका छन्।

प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले भदौ ३ गते साँझ ६ बजे सो स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सुर्यबहादुर नेगी, बकैया–७ का ४४ वर्षीय सेतेलाल गोङ्वा, र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन्।

प्रहरीले कोठामा खानतलासी गर्दा PAMP लेखिएको सुन जस्तो देखिने पहेँलो धातुका ५० थान फेला पारेको थियो। परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गरिएपछि तीमध्ये ४९ थान नक्कलीर १ थान मात्र सक्कली सुन (मूल्य रू. १,६७,६९५/-) रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

सक्कली सुन राजश्व अनुसन्धान कार्यालय, पथलैया (बारा) पठाइएको छ भने बाँकी नक्कली धातुहरू बरामद गरी ठगी उद्योग सम्बन्धी मुद्धामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.