अप्टिक व्यवसायीहरुको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

मकवानपुर । नेपाल अप्टिक व्यवसायी संघ नेपाल मकवानपुर शाखाले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुदिप ठकुरीले केही समयअघि मात्र मकवानपुर शाखाको औपचारिक रूपमा शुभारम्भ गरिएको जानकारी गराए। उनले जिल्लामा रहेका सम्पूर्ण चस्मा व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यवसायको गुणस्तर र सेवा प्रवाहमा सुधार ल्याउन संस्थाको भूमिका महत्वपूर्ण रहने बताए।

कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशील सम्पूर्ण चस्मा व्यवसायीहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले एकआपसमा पर्वको शुभकामना साटासाट गर्नुका साथै आपसी समन्वय र सहकार्यको आवश्यकता पनि औंल्याए।

संघले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.