हेटौंडा । हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमीको अवसरमा हेटौंडास्थित आइ अप्टिक सेन्टर र शान्ति अप्टिकलले १० दिने निशुल्क आँखा परीक्षण सेवा सञ्चालनमा ल्याएका छन्।
सञ्चालक सुदिप ठकुरीका अनुसार, असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सेवाग्राहीहरूले निशुल्क आँखा चेकजाँच सेवा पाउनेछन्। साथै, बालबालिका देखि युवासम्मका ग्राहकहरूका लागि “एक चस्मा खरिद गर्दा अर्को सित्तैमा” को विशेष अफर पनि उपलब्ध गराइएको छ।
ठकुरीले चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरले ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिकृया दिनुहोस्










