कविता
मेरो भुईँ, तिम्रो अस्तित्व

मेरो भुईँ तिम्रो अस्तित्व — नदिका छालझैँ निश्छल छ,
चुकाउन सक्दिन तिम्रो माया, मभित्र तिम्रै आँचल छ।

यही हावामा उड्न पाऊँ,
यही माटोमा जुँड्न पाऊँ,
छातीमा तिमीलाई अमर राखी
गर्वको रेल बनेर गुड्न पाऊँ।

मेरि प्यारी, तिमी हाँसिरहनु, फुलिरहनु सधैँ,
तिम्रो भविष्यमा कहिल्यै पनि गम नहोस्।
मेरि आमा, तिमी सय वर्ष जिउनु,
मेरो उमेर पनि तिमीलाई जाओस्,
यसमा कुनै सितम नहोस्।

मेरो धरती, तिमी अमर रहनेछौ,
जबसम्म माथि आकाशमा सूर्य र जुन छन्।
के राखेको छ र जीवनमा?
तिम्रै निम्ति छातीमा गोली खाई मर्नु नै मेरो सगुन छ।

यही हावामा उड्न पाऊँ,
यही माटोमा जुँड्न पाऊँ,
छातीमा तिमीलाई अमर राखी
गर्वको रेल बनेर गुड्न पाऊँ।

किन भिजाउँछौ परेली?
यो जुनी यस्तै हो — अर्को जुनी हामी फेरि भेटौंला,
अटल साथ चाहेर पनि कहिल्यै छुट्दैन।

किन मन बुझाउँछौ, आमा?
म सुर हुँ तिम्रो भाकाको,
कोहिनुर हुँ तिम्रो आँखाको,
र कोहिनुर कहिल्यै टुट्दैन।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.