हेटौंडा–१ मा विपन्न तथा एकल महिलालाई कपुरकोट जातको अदुवाको बीउ वितरण

हेटौंडा । हेटौंडा–१ घ्यानसिङ्गटारका एकल, विपन्न तथा सीमान्तकृत महिलाहरूलाई कपुरकोट जातको अदुवाको बीउ वितरण गरिएको छ। शनिबार मानव अधिकारका लागि महिला एकल महिला समूहको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाको आर्थिक सहयोगमा १० परिवारलाई बीउ वितरण गरिएको हो।

समूहकी अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा वडा सदस्यहरू इश्वरी रसाइली, रामकृष्ण अधिकारी, सोनाम सिंह लामा,कार्यसमितिलगायत स्थानीयवासीको सहभागिता थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईंले अघिल्लो वर्ष अदुवा खेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताइन्।

वडा अध्यक्ष न्यौपानेले महिलाहरूलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने तथा आयस्रोत वृद्धि गर्ने उद्देश्यले बीउ वितरण गरिएको जानकारी दिए।

कार्यक्रममा प्राविधिक अमित साउतले कपुरकोट जातको अदुवा नेपालको माटोका लागि उपयुक्त र अनुसन्धानबाट उत्कृष्ट सावित भएको बताए। उनले किसानहरूलाई अदुवा रोप्ने तरिका, कम पानी र मलमै राम्रो उत्पादन लिन सकिने विशेषता तथा एउटै बीउ सात वर्षसम्म प्रयोग गर्न सकिनेबारे जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.